
‘यसो गरेपनि फुटाउँछु…
उसो गरेपनि फुटाउँछु…
म प्रधानमन्त्री रहिरहने हो भनेचाहिं
जसरी नि सहमति जुटाउँछु…!
भन्न पाइन्छ ?
नेकपाभित्रकै एक नेता प्रचण्डले ब्रिफिङ गर्ने कार्यक्रममा जंगीदै थिए । ‘जे जसो गरे पनि पार्टी फुटाउने नै धम्की आएपछि अव मिलेर बस्नुको पनि के औचित्य भयो र ?’ उनले सो भेलामा प्रचण्डसहित अन्य नेतालाई भनेका थिए ।उनको मात्र होइन अन्य नेताको पनि बोली यहि थियो- ‘कति दिन सहने यस्तो रबैया ?’
तर ओलीले प्रचण्डले एक कदम चाले आफु १० कदम चाल्ने धम्की दिएपछि प्रचण्ड र माधव नेपालसहितको समूह झस्किएको छ । उनीहरु अझै पनि पर्ख र हेरको अवस्थामा छन् । यहि बेला आयो बिष्णु पौडेलको ट्वीट । जसलाई धेरैले पार्टी फुट्ने नम्र धम्कीको संज्ञा दिएका छन् । नेकपाभित्र मिलाउने नेताका रुपमा परिचित उनी आफैंले नै यसरी ट्वीट गरेपछि स्थिति केहि गम्भीर छ भन्ने तथ्य बुझ्न गाह्रो छैन ।
यता प्रचण्डसहितका अन्य नेताहरु पनि ठुलै छलफलमा लागेका छन् । आफुलाई ओली समूहले हेपेको महसुस गरेका उनीहरुले पार्टी फुटाउने भए फुटाउँ ! वा केहि समय पर्खेर हेरौं भन्ने कुरालाई मुख्य विषयवस्तु बनाएर छलफल गरिरहेका छन् । तर प्रचण्ड निकट सबै नेताको उही स्वर छ- ‘प्रधानमन्त्री पावरमा रहुन्जेल जोगाउने र नभए फुटाउने भन्ने रणनीतिमा छन् । त्यसको लागि आवश्यक तयारी गर्न जरुरी छ । तर प्रचण्ड समूहकै कतिपय नेताहरुले भने तत्काल फुटको विकल्पमा जाँदा आफुहरुलाई नै घातक हुने भन्दै सुझाव दिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्