×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : जाडोमा सिरक पाएपछी मख्ख भए पोखरा मादीका वृद्धवृद्धा, डोटीबासीलाई छैन कोरोनाको डर !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देश बोल्ने फोटो कथा : जाडोमा सिरक पाएपछी मख्ख भए पोखरा मादीका वृद्धवृद्धा, डोटीबासीलाई छैन कोरोनाको डर !

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । 
आजको अंकमा हामीले मादी गाउँपालिका–६ का ज्येष्ठ नागरिक एवं विपन्न परिवारलाई हङकङमा रहेका क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङ परिवारको आर्थिक सहयोग एवं पद्मबहादुर र कुलकुमारी गुरुङ प्रतिष्ठानको व्यवस्थापनमा सिरक वितरण गरेपछि सिरकको साथमा वृद्धवृद्धादेखि डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँको मष्टोकडायत देवताको जात्रामा बाजा बजाइँदैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार  :
मादी गाउँपालिका–६ का ज्येष्ठ नागरिक एवं विपन्न परिवारलाई हङकङमा रहेका क्षेत्रबहादुर गुरुङ र ऋचा गुरुङ परिवारको आर्थिक सहयोग एवं पद्मबहादुर र कुलकुमारी गुरुङ प्रतिष्ठानको व्यवस्थापनमा सिरक वितरण गरेपछि सिरकको साथमा वृद्धवृद्धा । 
डोटीको केआइसिंह गाउँपालिका–५ रानागाउँको मष्टोकडायत देवताको जात्रामा बाजा बजाइँदै । कोरोना कहरमै पनि जिल्लामा पछिल्लो समय मेला पर्वहरु धमाधम चलेका छन् । 
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० मलवाका माउते हफिजुल मुसलमान ढुवानी गर्ने धान हात्तीमाथि राख्दै । हात्तीको प्रयोग विवाहमा र सौखिन मानिसले सफारीका लागि गर्छन । माउते मुसलमानका अनुसार हात्ती ५७ वर्षको भयो ।
डुम्रे बेँसीशहर सडकखण्डअन्तर्गत लमजुङ बेँसीशहर नगरपालिका–१ उदीपुरको सडकबाट एक वृद्धलाई आइतबार साँझ उद्धार गरी प्रहरीको भ्यानमा राखेर मानवसेवा आश्रम लैजाने तयारी गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नगर प्रमुख गुमानसिंह अर्याल, डिएसपी गङ्गाबहादुर थापा, आश्रमकी संयोजक अनिता अधिकारीलगायत टोली । 
तनहुँको आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरी मन्दिर जानका लागि निर्माण गरिएको पैदलमार्ग र रेलिङ । गण्डकी प्रदेश सरकार र स्थानीयवासीको श्रमदान समेत गरी रु ७५ लाखको लागतमा ७०० मिटरमा पैदलमार्ग र ३०० मिटरमा रेलिङ निर्माण गरिएको छ ।
मकवानपुरको पर्यटकीय क्षेत्र दामनस्थित ७० मिटर लामो भ¥याङ । एकसय ५७ खुड्किलाको भ¥याङ चढेर प्राकृतिक कौशीमा पुगेपछि चित्लाङ–पालुङ उपत्यकाका अधिकांश भागलगायत उच्च हिमश्रृङ्खला देख्न सकिन्छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सामा घुन्सा फाउण्डेशनद्वारा निर्मित सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन ।  
सिलगढी बालसुधार गृहमा रहेका बालकहरुका लागि युनिसेफ नेपालसँगको समन्वयमा प्राप्त ३० थान ब्लाङ्केटसहित सरसफाइ स्वास्थ्य सामग्री प्रदान गर्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासी ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा फोहर सङ्कलन गरिँदै । मानुङकोटमा फोहरमैला व्यवस्थापनका लागि नगरपालिकाले एक जना कर्मचारी नियुक्त गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी