- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले ८९ करोड ९ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्ष यहि अवधिको तुलनामा ३५.२५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी २०.४१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा ४०.४९ प्रतिशत बढेर १ अर्ब २५ करोड १७ लाख रुपैयाँ पुगेको छ। यता खुद नाफा बढेसंगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २८ रुपैयाँ २७ पैसा रहेको बैंकको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ३२ रुपैयाँ ९६ पैसा पुगेको छ । सार्वजनिक विवरण अनुसार बैंकको मूल्य आम्दानी अनुपात ७.२२ गुणा कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ३० गुणा रहेको छ । बैंकको निष्क्रिय कर्जा ३.३२ प्रतिशतले घटेर २.६७ प्रतिशत पुगेको छ ।
चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकको निक्षेप १ खर्ब २८ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा ९९ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ खर्ब १६ अर्ब पुगेको छ । १० अर्ब ३१ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा४ अर्ब ३० करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ४० करोड रुपैयाँ सञ्चित छ। । सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा १७ करोड ५६ लाख रुपैयाँ रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्