×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु इन्स्योरेन्सद्वारा ५ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन, खुद बिमा शुल्क पनि ३१.२०% ले बढ्यो ! (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं ।  प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ६३ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । इन्स्योरेन्सको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३७.३४% ले धेरै हो । इन्स्योरेन्सले गत वर्षको यसैअवधिमा ४ करोड १० लाख ३८ हजार रुपैयाँ नाफा कमाएको थियो । 
कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार बढेकाले खुद नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ । यस्तै कम्पनीको खुद बिमा शुल्क ३१.२०% ले बढेर २२ करोड २९ लाख ४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा इन्सुरेन्सले १६ करोड ९८ लाख ९१ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । 
यता कम्पनीको बिमा कोषमा  ७० करोड ५७ लाख ६० हजार रुपैयाँ पुगेको छ । कम्पनीले यो अवधिसम्म आउँदा कुल ९ करोड ३९ लाख ५८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १३ करोड ३३ लाख ६ हजार रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९८ रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: