×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डको प्रस्ताव- ‘पार्टी फुटाऔँ, माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ, म एकल अध्यक्ष हुन्छु’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रचण्डको प्रस्ताव- ‘पार्टी फुटाऔँ, माधव नेपाललाई प्रधानमन्त्री बनाऔँ, म एकल अध्यक्ष हुन्छु’

Artha Sarokar

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । नेकपाभित्रको किचलोले उग्र रुप लिइरहेका बेला पार्टी फुटाएर के गर्ने भन्ने विषयमा प्रचण्ड समूहको रणनीति तयार भएको छ । उक्त रणनीति अनुसार नेकपा फुटाएर वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउने र पुष्पकमल दाहाल प्रचण्डलाई एकल अध्यक्ष बनाउने छलफल भएको छ । नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा भएको आइतबार बिहान भएको छलफलमा यस्तो प्रस्ताव तयार भएको हो।
छलफलमा सहभागी एक सचिवालय सदस्यका अनुसार नेकपा सचिवालयका ६ जना सदस्य उपस्थित भएको छलफलमा प्रचण्डले आफु निकटका नेताहरुसँग ब्रिफिङ गरेका थिए । माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका नेतालाई साक्षी राखेर यस्तो तयारी भएको हो ।
प्रचण्डको ब्रफिङ लगत्तै प्रवक्ता समेत रहेका रायणकाजी श्रेष्ठले कांग्रेससँग मिलेर संसदको विशेष अधिवेशन डाकेर नयाँ सरकार निर्माणको गरौँ भन्ने प्रस्ताव गरे । उनले अब कांग्रेससँग मिलेर २५ प्रतिशत संसद्को हस्ताक्षर गर्ने र संसद्को विशेष अधिवेशन आव्हान गरी सरकार ढाल्ने प्रस्ताव गरेका थिए । वादल यी विषयमा आफ्नो गम्भीर असहमति राखेर सरकार ढाल्ने पक्षमा आफु नरहेको भन्दै बाहिरिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी