×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेश १ मा थप ५ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

प्रदेश १ मा थप ५ कोरोना संक्रमितको मृत्यु, ज्यान गुमाउनेको संख्या कति ?

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५ जना कोरोना स‌ंक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुनेमा झापाका २ जना, मोरङका २ जना र सुनसरीका एकजना छन् । ४ जनाको अस्पताल र एकजनाको घरमै मृत्यु भएको हो । नोबेल शिक्षण अस्पतालको आइसोलेसनमा तीनजनाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार झापाको गौरादह–२ की ४९ वर्षीया महिलाको बिहीबार बिहान ८ बजे मृत्यु भएको छ । ४ कात्तिकमा भर्ना भएका उनीमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र वान्ता हुने समस्या थियो । कोरोना पुष्टी भएपछि आइसोलेसनमा भर्ना गरेर उपचार थालिएकी महिलाको तीन सातापछि मृत्यु भएको प्रबन्धक दाहालले बताए ।
सुनसरीको इटहरी–३ की ४० वर्षीया महिलाको पनि नोबेलमै बिहीबार बिहान करिब ८ बजे मृत्यु भएको छ । ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएकी महिलालाई बुधबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनलाई बुधबार नै कोरोना पोजेटिभ देखिएको थियो । मोरङको रंगेली नगरपालिका–८ का ५५ वर्षीय पुरुषको पनि बिहीबार बिहान करिब ७ बजे मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि उनलाई १७ कात्तिकमा उपचारका लागि नोबेलमा भर्ना गरिएको थियो ।
झापाको दमक–६ की ४६ वर्षीया महिलाको बुधबार राति ८ बजेतिर मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा ज्यान गएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि महिलालाई उपचारका लागि बुधबार बिहान ल्याइएको थियो । पीसीआर परीक्षण गराउँदा बुधबार नै पोजेटिभ आएको अस्पतालले जनाएको छ । मोरङको उर्लाबारी– ८ की ४५ वर्षीया संक्रमित महिलाको होम आइसोलेसनमा बुधबार राति मृत्यु भएको छ । १५ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि उनी घरमै बसेकी थिइन् । श्वास फेर्न गाह्रो भएर स्वास्थ्यमा एक्कासि समस्या आए पनि उपचारका लागि अस्पताल लैजान नपाउँदै उनको राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको हो ।-रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: