- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपनिङ्ग सेसनमा पनि नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ८.६१ अंकले बढेर १ हजार ७५० दशमलव ४२ अंकमा पुगेको छ । यस्तै उक्त अवधिमा २३ कम्पनीको सेयर कारोबार भएको छ ।
जसमध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको सेय रमूल्य घटेको छ । ४ कम्पनीको स्थिर रहेको छ । सो अवधिमा २३ कम्पनीका ४ हजार ७९६ कित्ता शेयर ४५ लाख ६० हजार २९६ रुपैयाँमा खरीद बिक्री भएका छन् ।