- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार पनि प्रि ओपनिङ्ग सेसनमा नेप्से परिसूचक बढेको छ । नेप्से परिसूचक ९.७६ अंकले बढेर १ हजार ७९० दशमलव १९ अंकमा पुगेको छ । आज प्रि ओपनिङ्ग सेसनमा कुल १५ कम्पनीको सेयर कारोबार भएको छ ।
सो अवधिमा १५ कम्पनीका १ हजार ८ कित्ता सेयर ९ लाख ४ हजार ६२६ रुपैयाँमा खरीद बिक्री भएका छ । कारोबारमा आएका १५ कम्पनीमध्ये ७ कम्पनीको सेयर मूल्य बढेको छ भने ३ कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।