
-
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राइम कमर्शियल बैंकले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सर्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले१ अर्ब १ करोड ७६ लाख ३४ हजार खुद नाफा कमाउन सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ५४.२४% अर्थात् ३५ करोड ७८ लाख ६७ हजार रुपैयाँ बढी हो । गत वर्षको यहि अवधिमा बैंकले खुद नाफा ६५ करोड ९७ लाख ६७ हजार रुपैयाँ कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न पुगेको हो। बैंकको खुद नाफासँगै प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत वर्षको यहि अवधिमा बैंकले प्रतिसेयर आम्दानी २७.२४ रुपैयाँ रहेको थियो । यो वर्ष १.८७ रुपैयाँ बढेर २९.११ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिशेयर नेटवर्थ १५४.२६ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात ९.८६ गुणा कायम भएको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ४६.२३% र ५३.२७% ले बढेको छ। १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ४६ करोड ६५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २ अर्ब १२ करोड ७ लाख रुपैयाँ र शेयर प्रिमियममा ६ लाख ४४ हजार रुपैयाँ सञ्चित छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्