
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.४७ प्रतिशतले खुद नाफा बढाएको छ । कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीले १२ करोड ७ लाख ७४ हनार रुपैयाँ खुद मुनाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा दुई करोड ५ लाख १९ हजार रुपैयाँले बढी हो ।
कम्पनीको यस अवधिको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको १९ रुपैयाँ ९७ पैसाबाट बढेर २१ रुपैयाँ ३९ पैसा पुगेको छ । यस अवधिमा कम्पनीको कुल बिमाशुल्क एक अर्ब १० अर्ब ७ करोड ७४ लाख ८० हजार नाघेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.७२ प्रतिशतले बढी हो ।
अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को पहिलो त्रैमाससम्ममा कम्पनीको बिमाशुल्क ७६ करोड ५६ लाख रहेकोमा त्यसयता ३१ करोड १७ लाख ९६ हजार रुपैयाँले बढेको हो । गत असोजसम्ममा कम्पनीको जीवन बिमा कोष १२ अर्ब ३७ करोड ४२ लाख ६ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको जीवन बिमा कोष ९ अर्ब ५१ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबर थियो । जीवन बिमा कोषमा भएको बृद्धि ३०.११ प्रतिशत तथा रकमका हिसाबले २ अर्ब ८६ करोड ३४ लाख २१ हजार रुपैयाँले बढी हो ।
कम्पनीको कुल लगानी २४.४१ प्रतिशतले बढेर १४ अर्ब १२ करोड ४४ लाख ९२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा प्राइम लाइफको कुल लगानी ११ अर्ब ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ थियो । कम्पनीको खुद सम्पत्ति ४.२१ प्रतिशतले बढेर ३ अर्ब ३० करोड ६१ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यो ३ अर्ब १७ करोड २५ लाख ५१ हजार बराबर थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्