×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कार्तिकको तेश्रो साता कुन कम्पनीले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कार्तिकको तेश्रो साता कुन कम्पनीले कस्ता प्रोडक्ट बजारमा ल्याए ? हेर्नुहोस् ‘विक्ली प्रोडक्ट रिपोर्ट’ (विवरणसहित)

२१ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बैंकले आफ्नो ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्नको लागि नयाँ नयाँ प्रोडक्ट बजारमा ल्याउने क्रम जारी छ । आश्विन चौथौ साता यी ४ कम्पनीले आफ्नो नयाँ प्रोडक्ट बजारमा ल्याएको छ।
कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो । 
कुमारी बैंकमा विभिन्न तलब खाता संचालन गरिरहेको ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतम रु. १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन । 
सिद्धार्थ बैंकले कृषि व्यवसायीलाई १० करोड रुपैयाँसम्मको कर्जा सुविधा दिने भएको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रबर्दन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ सो मात्राको कर्जा सुविधा दिने भएको हो ।
जसको लागि बैंकले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएकोे छ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्धन गरी देशमा उत्पादन एवं रोजगारी अविवृद्धि गर्ने उद्देश्यका साथ बैंकले यो कर्जा सुविधा ल्याएको हो ।
कृषि क्षेत्रको विकासमा मध्यनजर गर्र्दै बैंकले प्रवाह गर्ने यस कर्जा सुविधाले ग्राहकहरुलाई कृषि तथा पशुपालन व्यवसायमा संलग्न हुन अझ बढि हौसला पुग्ने र कृषि क्षेत्र बिस्तारै आधुनिकीकरण एवं व्यवसायीकरणतर्फ उन्मुख हुने विश्वास बैंकको रहेको छ ।
यस सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउने व्यवस्था रहेको छ । यस कर्जा योजनाका प्रमुख विशेषता भनेको १० करोडसम्मको कर्जा सुविधा, प्रशासनिक/नवीकरण शुल्क नलाग्ने र १५ वर्ष सम्मको कर्जा अवधि (ब्याज अनुदान ५ वर्ष सम्म प्राप्त हुने) रहेको छ ।
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले ‘लिमिटेड इन्डोमेन्ट’ बीमा योजना सार्वजनिक गरेको छ । सो बीमा योजना अन्तर्गत बिमितले सिमित वर्षको लागि बीमा शुल्क भुक्तानी गरी बीमालेख अवधिभर सुरक्षा पाउन सक्नेछन् ।
यस योजनाको अर्को विशेषता भनेको यदी बीमा अवधिमा बिमितको मृत्यु भएमा इच्छाइएको व्यक्तिलाई बीमा जारी र बीमा दावीको समयावधि हेरी बीमाङ्क रकमको अधिकतम २२५ प्रतिशतसम्म र आर्जित बोनस भुक्तानी गर्ने हो । यो योजनामा बीमा अवधि समाप्ति पश्चात् बीमाङ्क रकम र आर्जित बोनस (सिम्पल रिभाइजिओनरी प्लस टर्मिनल, यदि) भुक्तानी गरिनेछ ।
यो योजना १६ देखि ६५ वर्ष उमेरकाले लिन सक्नेछन् । यो योजना अन्तर्गत न्यूनतम बीमाङ्क रकम ५० हजार रुपैयाँ कायम गरिएको छ भने अधिकतम बीमाङ्क रकम कम्पनीको नियम बमोजिम हुनेछ । यस योजनामा बीमा अवधि न्युनतम १० वर्ष र अधिकतम २५ वर्ष रहेको छ । यो योजनाको बीमा शुल्क भुक्तानी अवधि ८, १२, १६ र २० वर्ष रहेको छ ।
यो योजनासंगै बिमितले थप न्यूनतम शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बीमा शुल्क मिनाहा जस्ता अतिरिक्त सुविधाहरु पनि लिन सक्नेछन् ।
एनएमबि बैंकले आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित एनएमबि सापटी कर्जा सेवा शुरू गरेको छ । यो ‘नेपालमै पहिलो पटक’ चौबिसै घण्टा र सातै दिन दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो ।
जसले कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप बिना डिजिटल रूपमै गर्न सकिने बताएको छ । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।
एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलब खाता भएका तलबि कर्मचारीहरुलाई एक लाख रुपैयाँसम्म चौबिसै घण्टा र सातै दिन दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: