
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । कोरोना संक्रमणबाट हालसम्म मोरङमा ९४ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा दुई सय ६२ जनाको मृत्यु भएको छ। जसमध्ये ९४ जना मोरङका रहेका छन् । जिल्लामा साउन १४ गते पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो।
यस्तै मोरङमा पनि सबैभन्दा बढी विराटनगरमा ६१ जनाको मृत्यु भएको छ । यसैगरी पथरीशनिश्चरेमा पाँच, बेलबारीमा चार, सुन्दरहरैचा, कटहरी र बुढीगंगामा तीन–तीन, उर्लाबारी, रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी र ग्रामथानमा दुई/दुई, केराबारी, जहदा र धनपालथानमा एक–एक जनाको मृत्यु भएको छ।
साथै प्रदेशमा सुनसरीमा ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटामा चार, तेह्रथुम तीन, इलाममा दुई र ताप्लेजुङमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्