×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमणबाट मोरङमा मात्रै ९४ जनाको मृत्यु, प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या कति ?

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमणबाट मोरङमा मात्रै ९४ जनाको मृत्यु, प्रदेशमा ज्यान गुमाउनेको कुल संख्या कति ?

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । कोरोना संक्रमणबाट हालसम्म मोरङमा ९४ जनाको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा दुई सय ६२ जनाको मृत्यु भएको छ। जसमध्ये ९४ जना मोरङका रहेका छन् । जिल्लामा साउन १४ गते पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो।
यस्तै मोरङमा पनि सबैभन्दा बढी विराटनगरमा ६१ जनाको मृत्यु भएको छ । यसैगरी पथरीशनिश्चरेमा पाँच, बेलबारीमा चार, सुन्दरहरैचा, कटहरी र बुढीगंगामा तीन–तीन, उर्लाबारी, रंगेली, रतुवामाई, सुनबर्षी, कानेपोखरी र ग्रामथानमा दुई/दुई, केराबारी, जहदा र धनपालथानमा एक–एक जनाको मृत्यु भएको छ।
साथै प्रदेशमा सुनसरीमा ८५, झापामा ४६, उदयपुरमा ६, धनकुटामा चार, तेह्रथुम तीन, इलाममा दुई र ताप्लेजुङमा एक जनाको कोरोनाबाट मृत्यु भएको छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: