×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेरको तयारी, ओली पक्षका दुई मन्त्री ‘आउट’ हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 

सुर्खेत ।  कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुने भएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्ने भएका हुन् ।  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका दुई मन्त्री अर्थात सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी भइरहेको बताइएको छ । 
उनीहरुको स्थानमा चन्द्रबहादुर शाही, करवीर शाही र अमरबहादुर थापालाई ल्याउने तयारीको भएको छ । असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्व नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको थियो ।  बैंकिङ कसुरमा परेका खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: