×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२ लाख ५ हजार नगदसहित पूर्वी नवलपरासीका १६ जुवाडे प्रहरीको फन्दामा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

२ लाख ५ हजार नगदसहित पूर्वी नवलपरासीका १६ जुवाडे प्रहरीको फन्दामा

२ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नवलपरासी । पूर्वी नवलपरासीबाट १६ जना पक्राउ परेका छन् । पूर्वी नवलपरासीको विभिन्न स्थानमा जुवा खेल्दै गरेका १६ जना पक्राउ परेका हुन् । उनीहरुबाट २ लाख ५ हजार नगद बरामद भएको छ । गैंडाकोटमा पासा खेल्दै गरेका ११ जना पक्राउ परेका छन । 
गएराति गैंडाकोट नगरपालिका–८ स्थित एक घरमा पासा खेल्दै गरेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । उनीहरुबाट एक लाख २४ हजार ४ सय ४९ नगद बरामद भएको छ ।
यस्तै कावासोतीबाट ८० हजार नगदसहित ५ जुवाडे पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कावासोती नगरपालिका वडा नम्बर–५ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा गए राति ५ जना पक्राउ परेका हुन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: