×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रस्तावित तीन राजदूतमाथिको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने, उजुरीकर्ता सम्पर्कमा आएनन् (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

प्रस्तावित तीन राजदूतमाथिको संसदीय सुनुवाइ कात्तिक २७ गते हुने, उजुरीकर्ता सम्पर्कमा आएनन् (भिडियो रिपोर्ट)

Artha Sarokar

१७ कार्तिक २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकर मल्टिमिडिया ब्युरो 

काठमाडौँ । विभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।प्रस्तावित राजदूतहरुविरुद्ध उजुरीकर्ताहरु सम्पर्कमा नआएपछि २७ गतेका लागि सुनुवाई तोकिएको हो । अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी छ । 
प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन । तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोक्नु भएको हो ।
गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ । हेर्नुहोस् भिडियो :
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी