×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशीलाई नियमन गर्न समस्या भयो’ : महानिर्देशक केसी (भिडियो)

अर्थ सरोकार

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार

PRIME CA

‘खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशीलाई नियमन गर्न समस्या भयो’ : महानिर्देशक केसी (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ । नेपाल भारत सीमानामा विभिन्न ८ स्थानमा अध्यागमन कार्यालय भएपनि धेरै ठाउँबाट सहज आवागमन हुने भएकाले निगरानी राख्न चुनौतीपूर्ण बन्दै गएको हो । 
विभागका महानिर्देशक रमेश कुमार केसी नेपाल प्रवेश गर्ने खुला ठाउँ धेरै हुनु र अध्यागमन कार्यालय सिमित मात्रामा हुनुले आवागमनमा निगरानी राख्न नसकिएको बताउँनुहुन्छ । विधायन व्यवस्थापन समितिको बैठकमा अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा उहाँले पर्यटक र अध्ययन भिसामा नेपाल आएर धर्म प्रचार गर्ने लगायतका अनुचित काम गर्दै आएको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘विदेशहरुले नेपालमा के कस्ता गतिविधि गर्छन् । पर्यटक भिसा, अध्ययन भिसा लिएर अन्य गतिवधि गर्छन् । बेला बेला धर्मचार देखि लिएर अन्य कुरा गरेको देखिन्छ । त्यसैले विदेशीहरुको दायित्वलाई एकीकृत गर्न चुनौतीपूर्ण देखिएको छ । ’’ 
भिसा शुल्क र अन्य शुल्क मार्फत प्रतिवर्ष २ अर्ब बढी राजस्व संकलन हुँदै आएको छ । महानिर्देशक केसीले गत वर्ष मात्रै २ अर्ब ३२ करोड राजस्व संकलन भएको बताउनुभयो । यस्तै आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ७४ करोड, ०७४/०७५ मा २ अर्ब ४५ करोड, ०७३/०७४ मा २ अर्ब २३ करोड राजस्व संकलन भएको बताउनुभयो ।
अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिले विधायन व्यवस्थापन समितिमा छलफलका क्रममा रहेको छ । समितिको बैठकमा सांसद रामनारायण विडारीले खुला सीमानाको फाइदा उठाउँदै नेपालमा आएर बसेकाहरुले नेपालबाटै विदेश जान्छु भन्यो भने के गर्छ नेपालले ? भन्ने विषय पनि ऐनमा समेट्नु पर्ने बताउनुभयो ।
सांसद विमला राई पौड्यालले कुनैपनि भिसा लिएर विदेश गएका र अलपत्र रहेका नागरिकहरुलाई स्वदेश फर्काउने हकमा अध्यागमन विभागले के काम गर्ने गरेको छ भन्दै प्रश्न गर्नुभयो । नेपालमा वर्षेनी लाखौँ पर्यटक गरेका छन् । ती मध्ये सबैभन्दा बढी पर्यटक भारतबाट (२१ प्रतिशत) आउने गरेका छन् । यस्तै चीनबाट १४ प्रतिशत आउने गरेका छन् । 
यो वर्ष अक्टोबर सम्म विभिन्न देशबाट २ लाख २ हजार पर्यटक नेपाल आएका छन् । सन् २०१९ मा ११ लाख ९७ हजार र २०१५ मा ६  लाख ३८ हजार पर्यटन नेपाल भित्रिएका छन् । २०१९ देखि आजसम्म विभिन्न कसुर गरेका ६ सय ७६ जन विदेशीहरुलाई देश निकाला गरिएको छ ।  हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: