Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २५ करोड लगानी गर्ने, कार्तिक १८ गतेसम्ममा बोलकबोल पेस गनुपर्ने !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले २५ करोड २६ रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उक्त रकम वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीहरुको ३६५ दिन अवधिको लागि लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले वाणिज्य बैंकमा २० करोड २१ लाख रुपैयाँ, विकास बैंकहरुमा ३ करोड ७८ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा १ करोड २७ लाख रुपैयाँ गरी कूल २५ करोड २६ लाख रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले उक्त रकम २०७७ मंसिर २ गतेदेखि २०७८ कार्तिक ३० गतेसम्मका लागि मुद्दती निक्षेप राख्न लागेको हो।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकममा प्रदान गर्ने ब्याजदर समेत उल्लेख गरी कार्तिक १८ गतेसम्ममा बोलकबोल पेश गनुपर्नेछ । राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजीकोष कायम हुनुपर्नेछ।
यस्तै निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशत भन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेकोलगायत हुनुपर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK