
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।
नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका हुन् । नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति भएका छन्।
उक्त समारोहपछि भारतीय सेनाध्यक्ष नरवणेले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए। भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्