×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्रिय वाणिज्य बैंकले बाँकेकाे खजुरा गाँउपालिकाबीच सम्झौता, खजुरामा व्यवसाय गर्न चाहनेलाई बैंकले सहुलियतपूर्ण कर्जा दिने

PRIME CA

राष्ट्रिय वाणिज्य बैंकले बाँकेकाे खजुरा गाँउपालिकाबीच सम्झौता, खजुरामा व्यवसाय गर्न चाहनेलाई बैंकले सहुलियतपूर्ण कर्जा दिने

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खजुरा गाँउपालिका (बाँके जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा मंगलबार खजुरामा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदी र खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले हस्ताक्षर गरेका छन् ।
सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्र भित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने छ ।
समारोहमा बैंंकका लुम्बिनी प्रादेशिक प्रबन्धक आनन्द सुवेदीले यस्तो कर्जाले निर्वामुखी कृषि उत्पादनलाई व्यवसायीकरण गरी देशलाई समृद्धसँग जोड्न सघाउ पुर्याउने बताए । गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले यस्तो कर्जाको उपभोगबाट व्यक्तिको आफ्नो आर्थिक स्तर उकास्न सघाउ पुग्ने र कर्जामा गाँउपालिकाको संस्थागत ग्यारेण्टी हुने बताए ।
उक्त कार्यक्रममा गाँउपालिकाका उपाध्यक्ष एकमाया बि.क, गाँउपालिकाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, सल्लाहकार भीम वली, कर्मचारीहरु, स्थानीय उद्यमीहरु लगायतको उपस्थिति रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: