
रसुवा । पछिल्लो चरणमा रसुवामा कोभिड – १९ को संक्रमण घट्दै गएको छ । हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् । रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंँपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिनुभयो ।
हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ । साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताउनुभयो ।
यसैबीच प्रा डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गर्नुभएको छ । रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहनुभएको छ । प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसक्नुभएको बताइएको छ । स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनुहुने छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्