×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखराको रत्न मन्दिर र हिमागृह अझै पनि प्रयोगमा आएन, के भन्छन् गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ ? (भिडियो रिपोर्ट)

PRIME CA

पोखराको रत्न मन्दिर र हिमागृह अझै पनि प्रयोगमा आएन, के भन्छन् गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ ? (भिडियो रिपोर्ट)

२७ कार्तिक २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । पर्यटकीय नगरी पोखरा स्थित फेवातालको छेवैमा रहेको रत्न मन्दिर र हिमागृह लामो समय देखि बन्द रहेका छन् । पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने रत्न मन्दिर (दरबार)लाई प्रयोगमा ल्याउने प्रयास गरिएपनि सफल हुन नसकेको प्रदेश सरकारले बताएको छ । तत्कालिन राजा महेन्द्रले आफ्नो कान्छी श्रीमती रत्नलाई खुशि पार्न २०१३ सालमा निर्माण गरेको रत्न मन्दिर हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेको छ । 
२०६४ सालमा ट्रष्टको स्वामित्वमा आएदेखि यो भवन प्रयोगमा आउन सकेको छैन् । यो बीचमा रत्न मन्दिरलाई व्यावसायिक प्रयोजनका लागि निजी क्षेत्रलाई दिने प्रयास नेपाल ट्रष्टले नगरेको होइन । तर विशेष गरी पोखराका पर्यटन व्यवसायीको तीव्र विरोधपछि यो निर्णयबाट ट्रष्ट पछि हटेको देखिन्छ । हिमागृह र रत्नमन्दिर क्षेत्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न ट्रष्टसँग आह्वान गरिएको तर लिज सम्झौतामा प्रयोग गर्न दिने समझदारी भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले बताउनुभयो ।
ट्रष्टको नाममा रहेका यस्ता क्षेत्र प्रयोगमा ल्याउन प्रदेश सरकारले प्राविधिक कार्यदल निर्माण गरी छलफललाई अगाडी बढाइएको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो । एक सय १४ रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार क्षेत्र तत्कालिन राज परिवारले पश्चिमाञ्चल विकास क्षेत्रको भ्रमणको क्रममा बस्ने र आराम गर्ने थलोका रुपमा प्रयोग गर्दै आएका थिए । यो दरबार क्षेत्रलाई प्रयोगमा ल्याउन सके पोखराको पर्यटन विकासमा थप टेवा पुग्ने बुझाई प्रदेश सरकारको रहेको पनि मुख्यमन्त्री गुरुङले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: