
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको यो नाफा अघिल्लो वर्षको भन्दा ४८.९२% थोरै हो । अघिल्लो वर्ष यस कम्पनीले १ करोड २६ लाख ५१ ह्जार रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक विवरण अनुसार उन्नति सहकार्यको खुद ब्याज आम्दानी भने ०.५५% ले बढेको छ । सञ्चालन नाफा भने १ करोड ९८ लाख रुपैयाँबाट घटेर १ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । उन्नति सहकार्यले यस अवधिसम्म आउँदा ८२ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ अर्ब ४५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । १४ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको रिजर्भ कोषमा ७ करोड ६९ लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ४४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्