
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले प्रस्तावित २०% बोनस सेयर स्वीकृत भएको छ । नेपाल राष्ट्र बैंकले कार्तिक १३ गते बैंकद्वारा प्रस्तावित २०% बोनस सेयर स्वीकृत गरेको हो । राष्ट्र बैंकले स्वीकृत गरेपछि अब बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्नेछ ।
आरएमडीसीको भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजन सहित ५% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, कम्पनीले १३ करोड ४८ लाख ९८ हजार ५१३ रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ४ करोड ४९ लाख ६६ हजार १७१ रुपैयाँ नगद बाँड्नेछ ।
संस्थाको हाल चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४२५ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ पुग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्