×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

अर्थ सरोकार

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार

PRIME CA

आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १५% बोनस सेयरमा मूल्य समायोजन, प्रति कित्ता कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले संस्थाको १५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको संस्थाको मूल्य ८६१ रुपैयाँ निर्धारण भएको छ । सोही मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुलेको  छ ।  नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ९९० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 
संस्थाले मंसिर २२ गते बस्ने साधारणसभाको लागि सोमबार मंसिर ८ गते बुक क्लोज गरेको छ । जसअनुसार आइतबार मंसिर ७ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १५% बोनस र कर प्रयोजनका लागि ५% नगद लाभांश वितरण गर्न लागेको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: