Skip to content
LAXMI SUNRISE BANK

भारतीय विदेश सचिव मंसिरको दोश्रो साता काठमाडौँ आउँदै, यस्तो छ कारण !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । भारतका विदेश सचिव हर्षवर्धन श्रींग्ला नेपाल आउने भएका छन् । उनी यही नोभेम्बरको अन्त्य अर्थात मंसिरको दोश्रो साता काठमाडौँ आइपुग्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । विशेषगरी नेपालसँग पछिल्लो समय चिसिएको सम्बन्ध सुधारका लागि उनको भ्रमण हुन लागेको बताइएको छ ।
नेपालसँगको सम्बन्ध बिग्रिएसँगै आलोचना खेपिरहेको भारत सरकारले उनलाई नेपाल भ्रमणमा पठाउन लागेको हो । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमण गरेर फर्किएको एक सातापछि नै विदेश सचिव श्रींग्ला नेपाल भ्रमणमा आउने कार्यक्रम तय भएको हो।
नेपालसँगको सम्बन्ध सामान्य बनाउन भारतले ठूलो कदम चालेको भारतीय सञ्चारमाध्यम बताउँछन् । भारतीय सेनाध्यक्ष नरवणेले प्रधानमन्त्री केपी ओलीसँगसमेत भेट गरेका थिए। त्यस क्रममा दुई देशबीच संवादबाट समस्या समाधान गर्ने कुरा भएको बताइएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींग्ला मंसिर ११ मा नेपाल आउने र १२ मा फर्कने छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK