×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सगरमाथा इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ, बिमा कोषमा कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

सगरमाथा इन्स्योरेन्स कम्पनीको जगेडा कोषमा ५५ करोड २० लाख रुपैयाँ, बिमा कोषमा कति ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सगरमाथा इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ५६ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाको  यो नाफा गत वर्ष यसै अवधिको तुलनामा १०.९१% ले बढी हो । गत वर्ष यसले ५ करोड १ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै यस अवधिसम्म आउँदा कम्पनीको खुद बिमा शुल्क पनि १०.२२% ले बढेर ३५ करोड ८१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । बिमा कोषको आकार पनि ६५ करोड ९२ लाख ६० हजार रुपैयाँ पुगेको छ । २ अर्ब ३४ करोड ७३ लाख १२ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस संस्थाको जगेडा कोषमा ५५ करोड २० लाख ७५ हजार रुपैयाँ छ । 
पहिलो त्रैमाससम्ममा कुल २१ करोड ४० लाख ७९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी कुल दाबी रकम ९२ करोड ५ लाख ५ हजार रुपैयाँ रहेको छ । साथै संस्थाको प्रतिसेयर आम्दानी वार्षिक २२ रुपैयाँ २३ पैसा र प्रतिसेयर नेटवर्थ २३४ रुपैयाँ ४४ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: