
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ५० करोडको ३० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता आइपिओ निष्कासन गर्न लागेको हो । कम्पनीले आइपिओ निष्कासन गर्न प्रत्याभूतिकर्तामा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतापत्रमा नागरिक कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र साहस उर्जा लिमिटेडको तर्फबाट संचालक समितिका अध्यक्ष हिमप्रसाद पाठकले हस्ताक्षर गरेका हुन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक, सामूहिक लगानीकोष, कम्पनीका कर्मचारी र सर्वसाधारणलाई जारी गर्नेछ । यो कम्पनी जलविद्युत आयोजनामा लगानी गर्ने उद्देश्यले २०७० सालमा स्थापना भएको पब्लिक लिमिटेड कम्पनी हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्