×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समाज लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

समाज लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५४ पैसा हुँदा अन्य सूचक कस्ता ? (विवरणसहित)

१८ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार संस्थाले ३९ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।गत वर्ष संस्थाले ३ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन घाटामा रहेको छ । गत वर्ष ८ लाख ४३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यसवर्ष २९ लाख २६ हजार रुपैयाँ पुगेको छ । यता, गत वर्ष २ लाख ३७ हजार रुपैयाँ रहेको सञ्चालन नोक्सान यस वर्ष बढेर ५ करोड ९६ लाख ३५ हजार रुपैयाँ पुगेको छ । 
यो पहिलो त्रैमासमा संस्थाको चुक्ता पुँजी २ करोड र जगेडा कोषमा १० लाख २० हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा ०.०४% रहेको छ । यसको प्रतिसेयर आम्दानी वार्षिक १९ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: