×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको खुद नाफा ४७ लाख ४५ हजार रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

समृद्धि फाइनान्सको खुद नाफा ४७ लाख ४५ हजार रुपैयाँ, अन्य सूचकको कस्तो छ अवस्था ?

Artha Sarokar

२५ कार्तिक २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले ४७ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा भने कम्पनी १० लाख ११ हजार रुपैयाँ नोक्सानमा गएको थियो ।
यस्तै, खुद ब्याज आम्दानी ऋणात्मक रहे पनि सञ्चालन नाफामा वृद्धि भएको छ । अघिल्लो वर्ष १७ लाख ६४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले २७ लाख ३५ हजार रुपैयाँले ऋणात्मक छ । यता, सञ्चालन नाफा ३७ लाख ४० हजार रुपैयाँ रहेको छ । गत वर्ष यो फाइनान्स २२ लाख ३२ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो ।
असोजमसान्तसम्ममा संस्थाले २४ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी ६ करोड ६७ लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको छ । कर्जा निक्षेप अनुपात ५६.५% रहेको छ । खरिजर्भ कोषमा भने २१ करोड ९८ लाख ९८ हजार रुपैयाँ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी