×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समृद्धि फाइनान्सको १८ लाख ५१ हजार कित्ता सेयर लिलामी बिक्री खुला, देशभरका यी स्थानबाट आवेदन दिन सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

समृद्धि फाइनान्सको १८ लाख ५१ हजार कित्ता सेयर लिलामी बिक्री खुला, देशभरका यी स्थानबाट आवेदन दिन सकिने

Artha Sarokar

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । समृद्धि फाइनान्सले आज बुधबारबाट १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थाले संस्थापक समूह र सर्वसाधारण समूहको गरि कुल १८ लाख ५१ हजार ३५७ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । जसअनुसार संस्थापक समूहको १३ लाख ८५ हजार २६८ कित्ता र सर्वसाधारण समूहको ४ लाख ६६ हजार ८९ कित्ता सेयर रहेको छ । 
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । सो लिलामीमा मंसिर १७ गतेसम्म आवेदन दिन पाइनेछ। लिलामी सेयर बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट कमलादी काठमाडौं तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालय, हेटौँडा, पुतलीसडक र बुटवल शाखा कार्यालयबाट आवेदन सकिनेछ । 
यस्तै बैंक अफ काठमान्डूको विराटनगर, विर्तामोड, जनकपुर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, बाग्लुङ, घोराही, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । त्यसैगरी ज्योती विकास बैंकको महेन्द्रनगर कञ्चनपुर शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी