
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले १४ करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । संस्थाको नाफा अघिल्लो वर्षको भन्दा १.६३% ले धेरै हो । अघिल्लो वर्ष यसले १३ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
हाल यस संथाको चुक्ता पुँजी १ अर्ब २ लाख २९ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब १० करोड रुपैयाँ रहेको छ । साथै यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ५६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३१० रुपैयाँ ८२ पैसा छ । संस्थाको कम्पनीको खुद ब्याज आम्दानी पनि १५.९५% ले बढेर २६ करोड ७४ लाख रुपैयाँ पुगेको छ । यता कम्पनीको सञ्चालन नाफा १८ करोड ९ लाख रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्