Skip to content
LAXMI SUNRISE BANK

दुई बैंकको ५ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र आउँदै, कुन बैंकको कति, कति छ ब्याज ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । दुई वाणिज्य बैंकको ५ अर्ब ६० करोड रुपैयाँको ऋणपत्र आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सानिमा बैंक र बैंक अफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो । बोर्डले बैंक अफ काठमाण्डूलाई एक अर्ब ६० करोड र सानिमा बैंकलाई ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने अनुमति दिएको हो ।
 
दुवै बैंकले १० वर्ष अवधिको उक्त ऋणपत्र ८.५ प्रतिशत व्याजरमा निष्काशन गर्ने भएका हुन् । बैंक अफ काठमाण्डूले सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् ६४ करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्नेछ भने बाँकी रहेको ९६ करोड रुपैयाँको ऋणपत्र आफ्नै पहलमा बिक्री गर्नेछ। बैंकले ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङलाई नियुक्त गरेको छ।
यस्तै सानिमा बैंकले भने सर्वसाधारणका लागि ४० प्रतिशत अर्थात् एक अर्ब ६० करोड रुपैयाँ निष्काशन गर्नेछ । बाँकी २ अर्ब ४० करोड रुपैयाँ आफैले बिक्री गर्नेछ। उक्त ऋणपत्र प्रतिकित्ता १००० रुपैयाँका दरमा बिक्री गर्नेछ। ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK