×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा बैंकको नाफा पनि ३७.१२% ले घट्यो, खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

सानिमा बैंकको नाफा पनि ३७.१२% ले घट्यो, खराब कर्जा बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विस्तृत विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले नाफा ३७.१२% ले घटेर ३७ करोड ३२ लाख ५५ हजार रुपैयाँ मात्रै कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । गत वर्ष  सोही अवधिमा बैंकले ५९ करोड ३६ लाख १ हजार रुपैयाँ नाफा कमाएको थियो । 
यो अवधिसम्म आउँदा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः १४.७०% र ३६.०४% ले घटेको छ । जसको असर खुद नाफामा परेको छ । बैंकको वितरण योग्य नाफा पनि १० करोड २३ लाख ४ हजार रुपैयाँ ऋणात्मक छ । सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा पनि ०.१६% ले बढेर ०.४०% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६४ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: