- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा सानिमा क्यापिटल नियुक्त भएको छ । अब यस कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कामहरु सानिमा क्यापिटलबाट हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आजदेखि लागू हुने गरी सिद्धार्थ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो । अब सानिमा जनरल इन्स्योरेन्सको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु सानिमा क्यापिटलले गर्नेछ ।