
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा आगलागी हुँदा ६ वटा घर जलेको छ । नगरपालिकाको वडा नम्बर ३ तरहीमा बिहीबार दिउँसो पटाका पड्काउँदा आगलागी भएको हो । बतहीदेवी मुखियाको घरबाट शुरु भएको आगोले उनका छिमेकी रामरुप, राज, मुकेश, राजकुमार र मुकेश मुखियाको १-१ वटा घर जलेको छ । उनीहरुको घरभित्रको सम्पूर्ण सामान जलेर झण्डै १५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीले सबैभन्दा बढी राजकुमार मुखियाको घरमा भएको छ । उनको एक घरसहित घरभित्रका सामान जल्दा ७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको अनुमान छ । आगलागीलाई स्थानीय बासिन्दा एवं प्रहरीको सहयोगमा निभाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्