
- अर्थ सरोकार सम्बाददाता
सप्तरी । सप्तरी र हेटौंडामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । सप्तरीको विष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ वर्षीया महिला र चितवनको भरतपुर अस्पतालमा हेटौंडा उपमहानगरपालिका ६ का एक ८२ वर्षीय वृद्धको मृत्यु भएको हो ।
सप्तरीकी महिलालाई बिरामी भएपछि शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको पीसीआर रिपोर्ट बुधबार पोजिटिभ आएको थियो । हेटौंडाका ८२ वर्षीय वृद्धमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको नेपालमा एक हजार ३४ जनाले ज्यान गुमाइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्