
- अर्थ सरोकार सम्बाददाता
सर्लाही । प्रहरीले सर्लाहीबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ गरेको छ । प्रहरी टोलीले बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार घरधनि सिंह पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनिसहित बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय छन् ।
उनीहरुको साथबाट प्रहरीले ६० हजार ९९५ नेपाली र भारु पाँच हजार दुई सय रुपैयाँ बरामद भएको छ । सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्