×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल उद्योग वाणिज्य महासंघमा दिर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ’ : सौरभ ज्योति (भिडियो)

PRIME CA
GLOBAL IME BANK

‘नेपाल उद्योग वाणिज्य महासंघमा दिर्घकालीन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक छ’ : सौरभ ज्योति (भिडियो)

९ मंसिर २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएट्स सदस्य समूहको उपाध्यक्षका उम्मेद्वार सौरभ ज्योतिले दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक रहेको बताउनुभएको छ । आगामी दश वर्षमा देशको आर्थिक भविश्य निर्माणका लागि महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको वातावरण निर्माण गर्न पनि दिर्घकालिन दृष्टिकोण निर्माण गर्न सक्ने नेतृत्व आवश्यक हुने बताउनुभयो । 
त्यसका लागि नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमता नेतृत्वसँग हुनुपर्ने ज्योतिले बताउनुभयो । पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केहीपनि नभएकोले त्यसलाई स्थापित गर्न सकेमात्रै देशको अर्थतन्त्रको विकास सम्भव हुने पनि उहाँले बताउनुभयो । अर्थतन्त्रको मेरुदण्ड उद्योग व्यववसाय नै भएकाले उद्योगी व्यवसायीहरुको सुरक्षाका लागि लडनुपर्ने बेला आएको पनि उहाँले बताउनुभयो । त्यसका लागि आफु लगायत आफ्नो टीम सक्षम रहेको ज्योतिको भनाई छ ।
जुनसुकै नेतृत्व आएपनि निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लैजाने, रोजगारी सिर्जना गर्ने, उद्यमशिलताको विकास गर्ने र समग्र निजी क्षेत्रको हकहितको लागि लडने क्षमता राख्नुपर्ने ज्योतिले बताउनुभयो । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई जोगाउन महासंघको भूमिका महत्वपूर्ण हुने भएकाले पनि योग्य नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो । 
महासंघलाई व्यवसाय गर्ने थलो बनाउने व्यक्ति नभई आफ्नो स्वार्थ छाडेर समग्र निजी क्षेत्रको हितमा काम गर्न सक्ने व्यक्ति महासंघमा अटनुपर्ने उहाँको भनाई छ । सौरभ ज्योति किसोर प्रधान समूहबाट एसोसिएट्स सदस्य समुहको उपाध्यक्ष पदका उम्मेदवार हुनुहुन्छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: