×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीमा विद्यालय सञ्चालनका लागि नगरपालिकाको अनुमति, यस्तो छ ‘कार्यढाँचा २०७७’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धनगढीमा विद्यालय सञ्चालनका लागि नगरपालिकाको अनुमति, यस्तो छ ‘कार्यढाँचा २०७७’

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । धनगढी उप–महानगरपालिकाले स्वास्थ्य सुरक्षाका मापदण्डको पालन गरी पठनपाठन सञ्चालन गर्न विद्यालयलाई अनुमति दिएको छ । उप–महानगरपालिकाले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पत्राचार गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो । 
विद्यालय सञ्चालन कार्यढाँचा २०७७ अनुसार संक्रमणको जोखिम, विद्यार्थी संख्या, भौतिक पूर्वाधारलाई समेत हेरेर विभिन्न ७ वटा विकल्पको प्रयोग गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्न भनिएको छ । उप–महानगरपालिकाले दिएका विकल्पमा सबै विद्यार्थी राखेर कक्षा एकै समयमा सञ्चालन गर्ने, अलग–अलग सिफ्टमा कक्षा तथा तह सञ्चालन गर्ने, विद्यालय खुल्ने तथा कक्षा सञ्चालनको अवधि छोट्याउने, अवस्था हेरी तल्ला कक्षालाई पहिले वा माथिल्लो कक्षाका विद्यार्थीलाइ पहिले जोखिम र अवस्था हेरी सञ्चालन गर्ने विकल्प दिइएको छ । 
यस्तै, कुनै दिन केही कक्षा र कुनै दिन बाँकी अरु कक्षा सञ्चालन हुनेगरी पालैपालो सञ्चालन गर्ने, कक्षाका केही विद्यार्थी कुनै दिन वा सिफ्ट र बाँकी विद्यार्थी अर्को दिन वा सिफ्टमा हुनगरी सञ्चालन गर्ने र हप्तामा केही दिन केही घन्टा सञ्चालन गर्ने विकल्प समेत विद्यालयलाइ दिईएको छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी