×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा एकैदिन ७ अर्बको उछाल ! प्रदेश ५ सेयर लगानीकर्ता फोरमले केक काटेर मनायो ऐतिहासिक दिन !

PRIME CA

सेयर बजारमा एकैदिन ७ अर्बको उछाल ! प्रदेश ५ सेयर लगानीकर्ता फोरमले केक काटेर मनायो ऐतिहासिक दिन !

११ मंसिर २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार नेप्सेले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा १८.४३ अंकले बढेर १८९३. २४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २०१ कम्पनीको १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ६१ करोडमाथिको कारोबार भएको छ । यसअघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । तर आज सो रेकर्डलाई पछाडी पर्दै नेप्से परिसूचक १८९३. २४ विन्दुमा पुगेको  हो । सो विन्दुमा पुग्दा लगानीकर्ताहरु भने निकै खुशी भएका छन् । 
आज सबैभन्दा बढी कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यस कम्पनीको कुल ५८ करोड १३  लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : नबिल बैंक र शिवम सिमेन्टको भएको छ । आज कारोबारमा आएका समूहमध्ये ५ वटा समूहबाहेक अन्य सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै एनएमबी माईक्रो फाइनान्स र पाँचथर पावर कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् भने साल्ट ट्रेडीङ्गका लगानीकर्ता सबैभन्दा धेरै गुमाएका छन् । यता प्रदेश ५ सेयर लगानीकर्ता फोरमले नेप्से परिसूचकले ऐतिहासिक विन्दु पार गरेको भन्दै केक काटेर लगानीकर्ताबीच खुशी साटा-साट गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: