
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । पार्टी फुटको संघारमा पुगेकै बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका सभापति देउवासँग गोप्य भेटघाट गरेका छन् । प्रधानमन्त्री ओलीले देउवासँग भेट गरी सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।
प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिका विषयमा छलफल गर्न भन्दै देउवालाई शनिबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा बोलाएपछि आफूनिकट केन्द्रीय सदस्यहरूलाई लिएर देउवा बालुवाटार पुगेका थिए । झन्डै करिब डेढ घन्टासम्म संवैधानिक निकायमा नियुक्ति र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भए पनि नेताहरूले भेटलाई गोप्य राखेका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले देउवासँग सत्ता साझेदारीको प्रस्ताव गरेको बताइएको छ । सो भेटमा ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत सहभागी थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्