×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंक लिमिटेडले कमायो ५० करोड रुपैयाँ खुद नाफा, अन्य सुचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

PRIME CA

सिद्धार्थ बैंक लिमिटेडले कमायो ५० करोड रुपैयाँ खुद नाफा, अन्य सुचकको कस्तो छ अवस्था ? (विस्तृत विवरणसहित)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ५० करोड रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकको यो नाफा अघिल्लो वर्षको भन्दा ३.९८% ले थोरै हो । अघिल्लो वर्ष यस बैंकले ५२ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 
बैंकको वितरण योग्य नाफा पनि ४८ करोड ६२ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ । यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ६.१५% र २.७५% ले घटेको छ । जसको प्रभाव खुद नाफामा देखिन्छ । 
हाल यस बैंकको चुक्ता पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ५ अर्ब ६६ करोड रुपैयाँ छ । अहिलेसम्म आउँदा बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९६ पैसाले घटेर २० रुपैयाँ ०७ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ६३ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: