
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले पनि चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले ५ करोड ७ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको हो । कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५.७७% ले धेरै हो । गत वर्ष यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको थियो ।
रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ रहेको यस कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । यस्तै कम्पनीको बिमा कोषको आकार भने ६८ करोड ८५ लाख रुपैयाँबाट बढेर ८५ करोड ९२ लाख रुपैयाँ पुगेको छ । कम्पनीले असोजसम्म २५ करोड ५६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने दाबी भुक्तानी हुन बाँकी रकम ९८ करोड ९० लाख रुपैयाँ छ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्