
काठमाडौं । सिंहदरबारको पूर्वी भाग आगामी मङ्सिर मसान्तभित्र प्रवलीकरण सकिने भएको छ । पूर्वी भागको प्रवलीकरणको काम सकी आन्तरिक साजसजावटको काम भइरहेकाले मङ्सिर मसान्तभित्र सकी त्यसलगत्तै नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने तयारी भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक श्यामकिशोर सिंहलाई जानकारी दिनुभयो ।
उपप्रधानमन्त्री एवं सल्लाहकारको कार्यकक्षको व्यवस्थापनका लागि थप काम गर्ने निर्देशन प्राप्त भए पनि पूर्ववत् लक्ष्यअनुसार नै कामसक्ने एकाइको प्रतिबद्धता छ । पूर्वी भाग प्रवलीकरणका लागि फागुन मसान्तसम्मको अवधि भए पनि मङ्सिर मसान्तमै काम सकिने उहाँको भनाइ छ । रानीपोखरी उद्घाटन समारोहमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पनि मङ्सिर मसान्तभित्र काम सकी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको मूल भवनमा सारिने प्रतिबद्धता जनाउनुभएको थियो ।
गौरी-शर्मा एण्ड न्यु टेक्निकल जेभीले सिंहदरबार प्रवलीकरण गरिरहेको छ । उत्तर, पूर्व र दक्षिण भाग प्रवलीकरणको लागत रु ७५ करोड रहेको पनि आयोजना निर्देशक सिंहले बताउनुभयो । उत्तर र दक्षिणी भागको कामका लागि भने अझै केही समय लाग्ने जनाइएको छ । सिंहदरबार मूल भवनको बगैँचामा दुबो रोप्ने, सरसफाइलगायत काम पनि सँगसँगै भइरहेको छ ।
सिंहदरबार पश्चिमी भाग प्रवलीकरणको काम भने विसं २०७६ चैतमा शुरु भएको थियो । पश्चिमी भाग २०७८ चैतसम्ममा सकिने एकाईले जनाएको छ । सिंहदरबार पश्चिम मूल ढोकाको सेनाको भवन पुनःनिर्माणको कामसमेत शुरु भइसकेको छ । सिंहदरबारको पश्चिम खण्ड राणा प्रधानमन्त्री चन्द्रशम्शेर जबराको पालामा निर्माण भएको हो । यो विसं २०३० को आगलागीबाट बचेको मौलिक भाग हो । उक्त आगलागीबाट उत्तर, पूर्व र दक्षिण भाग जलेर नष्ट भएको थियो । जसको पछि पुनःनिर्माण गरिएको हो । सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवन पनि बनाउन लागिएको एकाइले जनाएको छ ।
भूकम्पले क्षतिग्रस्त भएका सिंहदरबार पुनःनिर्माण गर्ने कि प्रवलीकरण भनेर लामो विवाद भएको थियो । पुरातत्वविद्लगायत प्राविधिकले अध्ययन गरी प्रवलीकरण गर्ने प्रतिवेदन दिएपछि काम अघि बढेको थियो । जसले गर्दा प्रवलीकरणमा समय लागेको हो । –रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्