×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २.३९ अंकले घट्यो सेयर बजार, १ अर्व ७५ करोडमाथिको कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बुधबार २.३९ अंकले घट्यो सेयर बजार, १ अर्व ७५ करोडमाथिको कारोबार

Artha Sarokar

१९ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ । साताको कारोबारको चौथौ दिन बुधबार सेयर बजार घटेको छ । मंगलबारको तुलनामा २.३९ अंकले घटेर १६४०.६४ बिन्दुमा पुगेको छ । 
नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कुल २ सय २ कम्पनीको ५६ लाख ३१ हजार ६०४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ७५ करोडमाथिको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार प्राइम बैंकको भएको छ । यस कम्पनीको कुल ९ करोड ५ लाखमाथिको कारोबार भएको छ । त्यसपछि कारोबार क्रमश : अरुण काबेली हाइड्रोपावर र नेपाल टेलिकमको कारोबार भएको छ ।
यता बुधबारको कारोबारमा व्यापार, होटल्स, हाइड्रोपावर म्युतुअल फण्ड र अन्य उपसुचक बढेका छन् भने बाँकी सबै उपसुचक घटेका छन् । सबैभन्दा धेरै बिसाल बजार र सानिमा जनरल इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् भने सबैभन्दा धेरै शिव श्री हाइड्रोपावर र राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी