×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यती होटेलमा भिषण आगलागी, कति भयो क्षति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यती होटेलमा भिषण आगलागी, कति भयो क्षति ?

Artha Sarokar

८ मंसिर २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका ३ फाग्दिङस्थित यती माउन्टेन होम (होटल)मा आगलागी हुँदा दुई करोड बराबरको क्षति भएको छ । आइतबार बिहान करीब ९ बजे विद्युत् चुहिई आगलागी हुँदा होटल पूर्ण रुपमा जलेको छ ।
आगलागीबाट होटलको भौतिक संरचनासहित त्यहाँ रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल माबोहाङले जानकारी दिनुभयो । आगो लागेको करीब पाँच घण्टापछि स्थानीयवासी, नेपाली सेना र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त रिसोर्ट यती ग्रुपमार्फत करीब १२ वर्षअघिदेखि स्थानीयवासी ल्हाक्पासोनाम शेर्पाले सञ्चालन गरेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी