×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्पर्स लघुवित्तको पहिलो त्रैमास: खुद नाफा ५८.९९ प्रतिशतले घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

PRIME CA

स्पर्स लघुवित्तको पहिलो त्रैमास: खुद नाफा ५८.९९ प्रतिशतले घट्यो, अन्य सुचकको कस्तो छ अवस्था ? (विवरणसहित)

२६ कार्तिक २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार संस्थाले २ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५८.९९% ले कम हो । गत वर्षको यहि अवधिमा संस्थाले ५५ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 
यस्तै, संस्थाको खुद ब्याज आम्दानी ५७ हजार रुपैयाँले बढेर १ करोड ४३ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ४२ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यता, समिक्षा अवधिमा संस्थाको सञ्चालन नाफा ३९ लाख ८६ हजार रुपैयाँबाट घटेर २८ लाख २ हजार रुपैयाँमा सीमित भएको छ । 
यो असोजमसान्तसम्ममा संस्थाको चुक्ता पुँजी ९ करोड ३७ लाख ४८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ५ करोड ५९ लाख ९३ हजार रुपैयाँ छ । यता, संस्थाको खराब कर्जा बढेको छ । खराब कर्जा २.५२% ले बढेर ३.१४% पुगेको छ । 
यसअवधिमा संस्थाको प्रतिसेयर आम्दानी वार्षिक ९ रुपैयाँ ६३ पैसा छ । प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ६७ पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: