×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धनगढीका ७ सहित सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टी, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

PRIME CA

धनगढीका ७ सहित सुदूरपश्चिममा ३५ जनामा कोरोना पुष्टी, कहाँ कति संक्रमित थपिए ? (विवरणसहित)

१० मंसिर २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । धनगढीमा गरिएको परिक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका ३१३ नमुनाहरुमध्ये ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचान अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका २१ सहित सुदूरपश्चिमका थप ३५ जनामा कोरोना देखिएको जानकारी दिए । त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिकाका सातजना, टीकापुर नगरपालिकाका आठजना, घोडाघोडी नगरपालिकाका एकजना, गोदावरी नगरपालिकाका चारजना र स्थानीय तह नखुलेका एकजनामा संक्रमण पुष्टि भएको छ । 
यस्तै कञ्चनपुरको बेदकोट नगरपालिकाका चारजना, भिमदत्त नगरपालिकाका ६ जनापुनर्वास नगरपालिकाका दुईजना, बेल्डाँडी गाउँपालिकाका एकजना र बझाङका एक जनामा कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: