×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अधिकांश बैंकले नाफामा चमत्कार गर्दा सनराइज बैंकको झुर रिजल्ट, खराब कर्जा पनि बढ्यो ! (विस्तृत विवरणसहित)

PRIME CA

अधिकांश बैंकले नाफामा चमत्कार गर्दा सनराइज बैंकको झुर रिजल्ट, खराब कर्जा पनि बढ्यो ! (विस्तृत विवरणसहित)

२८ कार्तिक २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सनराइज बैंकका अधिकांश सूचकहरु घटेका छन् । अधिकांश बैंकहरुले नाफामा चमत्कार गर्दा सनराइज बैंकले भने अधिकांश सूचकहरु घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो ।  
सार्वजनिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १५.७१% ले घटेर ३८ करोड २९ लाख ७७ हजार रुपैयाँमा सीमित भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा बैंकले ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यता बैंकको खराब कर्जा पनि ०.३१% ले बढेर १.५८% मा पुगेको छ । यस्तै बैंकको वितरण योग्य नाफा २४ करोड ९६ लाख ५० हजार रुपैयाँ ऋणात्मक रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १५.६७% र १५.७१% ले घटेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ । यसअवधिमा बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: