×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त, दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चाडपर्व लक्षित माटोको भाडा बनाउन व्यस्त, दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग

Artha Sarokar

२३ कार्तिक २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । चाडपर्व नजिकिएसँगै सुनसरीको इनरुवासहित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने उद्देश्य उनीहरु भाँडा बनाउने काममा व्यस्त  भएका हुन् । कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुडा बनाउने काममा व्यस्त बनेको पाइएको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।
दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ । वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी